|

सुर्खेत : वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

मोटरसाइकलको ठक्करबाट हुम्लाको चङ्खेली गाउँपालिका–१ का २४ वर्षीय हरिबहादुर ऐडीको मृत्यु भएको हो।

प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ मूलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मूलपानीचोकतर्फ जाँदै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले गएराति १० बजे पैदलयात्री ऐडीलाई ठक्कर दिएको हो।

ठक्कर पछि घाइते उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। उनलाई शुक्रबार साँझ १०ः४५ बजे डाक्टरले मृत घोषणा गरे।  प्रहरीले मोटरसाइकल चालक  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २४ वर्षीया हिक्मत मल्ललाई  नियन्त्रणमा लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.