|

काठमाडाैं : कवयित्री शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ बजारमा आएको छ।

शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले सो कविता संग्रह विमोचन गरेका छन्।

कार्यक्रममा बोल्दै कवयित्री शर्माले आफ्नो जन्मभूमि सोलुखुम्बुको परिवेशलाई समेटेर कविता संग्रह रचना गरिएको बताइन्। कविता संग्रहमा प्रेम, प्रकृति र समसामयिक विषयबस्तुहरुलाई उठान गरिएको पनि उनकाे भनाई थियो।

साझा प्रकाशनले प्रकाशित गरेको सो कविता संग्रहमा तिमीसँग छुट्ने बेला, तिमी हुँदा र नहुँदा, पग्लिएर मनको हिमाल, आमालाई सम्झेर, बादल र मनलगायतका शीर्षकहरुका कविता रहेका छन्।

कवयित्री शर्माको सो कविता संग्रहमा सामाजिक, सांस्कृतिक, नैतिक पक्षलाई उजागर गर्ने प्रयास गरिएको उपकुलपति उप्रेतीले बताए। कार्यक्रममा ‘नसोधिदेऊ बिम्ति’ नामक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.