|

जनकपुरधाम : सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।

सिरहाको  गोलबजार नगरपालिका वडा नम्बर १ का २६ वर्षीय गोपाल पूर्वेलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिए।

आइतवार बिहान गोलबजार ६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न बाँस ठड्याउने क्रममा विद्युत्‌को नांगो तारमा ठोकिंदा करेन्ट लागेर पूर्वेको मृत्यु भएको हो।

करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्‍याए पनि मृत घोषणा गरेको प्रहरी स्रोतले जानकारी दियो।

शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले बताए । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.