|

काठमाडौं : यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक गाडीको भाडा पनि बढाएको छ। विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७‍.७ प्रतिशतले  भाडा बढाएको हो।

विभागले जारी गरेको सूचनाअनुसार यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि भएको छ। 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर समान २७ रुपैयाँ मूल्यवृद्धि गरेको हो। एकैपटक यति धेरै मूल्यवृद्धि गरिएको यो पहिलोपटक हो। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। 

अब पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १ सय ९२ पुगेको निगमले जनाएको छ। ग्यास सिलिण्डर भने निगमले १८ सय रुपैयाँमा बिक्री गरिरहेको छ। निगमले जेठ २६ गते पेट्रोलमा प्रतिलिटर ८, डिजेल र मट्टितेलमा १२ रुपैयाँ मूल्य बढाएको थियो।

प्रेट्रोलियम पदार्थको मूल्यवृद्धिसँग यसअघि पनि भाडा बढेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.