काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरस्थित एक कृषकको व्यावसायिक टर्की फार्ममा बर्ड फ्लू देखिएको छ। व्यावसायिक रुपमा पालिएका टर्की धमाधम मरेपछि नमुना परीक्षण गर्दा बर्ड फ्लू भेटिएको पशुपंक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त प्रमुख मोहन गिरीले थाहा खबरलाई जानकारी दिए।
उनका अनुसार पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो। पशु चिकित्सकको टोली सो क्षेत्रमा गएर थप अनुसन्धान भइरहेको प्रमुख गिरीले बताए।
सो फर्ममा करिब १५ सय टर्की रहेको बताइएको छ। फर्ममा रहेको सबै टर्कीलाई नष्ट गरेर सुरक्षित रुपमा व्यवस्थापन गरिने निर्देशनालयले जनाएको छ। बर्ड फ्लू देखिएको स्थानदेखि चारैतर्फको पाँच सय मिटर दुरीका सबै पंक्षी नष्ट गर्ने निर्देशनालयको तयारी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।