काठमाडाैं : भक्तपुरको सिर्जना नगरस्थित सहारा हेरचाह केन्द्रमा आश्रय लिइरहेका ज्येष्ठ नागरिकलाई राधा माधव समिति नेपाल र यस सम्बद्ध डिभाइन युवा क्लबले रु एक लाख बराबरको खाद्य सामग्री तथा फलफूल वितरण गरेका छन्।
आज आयोजित एक कार्यक्रमबीच केन्द्रमा आश्रय लिएका ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा अपाङ्गता भएकाका लागि सहायतास्वरूप चामल, तेल, दाल, नुन र फलफूललगायत खाद्यान्न हस्तान्तरण गरिएको समितिका प्रेस संयोजक मुकुन्द अर्यालले बताए।
सो अवसरमा सहारा हेरचाह केन्द्रका कल्पना वयजूले ज्येष्ठ नागरिकका लागि सहायता प्रदान गरेकोमा राधा माधव समितिप्रति आभार प्रकट गरिन्। कार्यक्रममा राधा माधव समिति नेपालका तर्फबाट किरण ख्वजु, सहारा केन्द्रका सचिव प्रचण्ड कारन्जितलगायतको उपस्थिति रहेको अर्यालले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।