|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ९ घरकटुवा खोलामा मल्टीट्रष्ट पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। ८३ लाख रुपैयाँको लागतमा पुल निर्माणको कार्य उपभोक्ता समिति मार्फत भैरहेको छ।

नौखरी र सिसैया गाउँ जोड्नका लागि घरकटुवा खोलामा पुल निर्माण भैरहको वडा अध्यक्ष रमेश बहादुर ऐरले बताए।

‘पुलको स्टील जडानको कार्य पूरा भएको छ', उनले भने, 'एकातर्फको पर्खाल निर्माण कार्य सकिएको छ। अर्कातर्फको पर्खाल निर्माणको कार्य पूरा भएपछि पुल सञ्चालनमा आउँछ।’

दुई साता भित्रै पुल सञ्चालनमा आउने उनले बताए। निर्माण भैरहेको पुलको लम्बाइ ९६ मिटर रहेको छ। निर्माण भैरहेको पुल लम्बाइका हिसावले जिल्लामै पहिलो भएको वडा अध्यक्ष ऐरको भनाई रहेको छ। गुणस्तरीय कार्य गराउनका लागि निरन्तर अनुगमन भैरहेको उनले बताए।

पुल निर्माणका लागि १५ महिनाको समय सीमा निर्धारण गरिएको भएपनि केही हप्तामै कार्य सम्पन्न गरिने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष परदेशु चौधरी (प्रविन)ले बताए।

खोलामा पुल नहुँदा यस क्षेत्रका बासिन्दाले वर्षातमा बाढी आएको खोला जोखिम मोलेर तर्नुपर्ने बाध्यता थियो। पुल निर्माण भएपछि सहजरुपमा आवतजावत गर्न सकिने स्थानीय बासिन्दा बताउँछन्। पुल निर्माण भएपछि पैदल यात्रुसँगै दुई पाङ्ग्रे सवारी साधन समेत सञ्चालन गर्न सकिने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.