|

विराटनगर : ढुङ ढुङ ढुङ च्याक,
च्याक ढुङ ढुङ ढुङ च्याक।

त्यस्तै राई जातिको डुङ्कु डुङ्कु ढुङ‚ डुङ्कु डुङ्कु ढुङ।  प्रदेश नं‌ १ को प्रदेशसभामा यस्तो व्यङ्ग्य गर्दै एक युवा रोष्ट्रममा पुगे।

फेरि उनी शुरु भए‚ ‘सोई ढोले सोई मुख्यमन्त्री खोई ?’  उनले थपे‚ ‘सोई ढोले सोई अर्थमन्त्री खोइ ?, सोई ढोले सोई अरू मन्त्री खोइ ?’

यो भन्दै रोष्ट्रमबाट बोल्न थाले। उनी थिए सांसद सर्वध्जन साँवा।

उनी भन्दै गए‚ ‘बेकामे काम नभएका माननीयहरू बसेका रहेछौँ‚ अलिक काम भएका टाठाबाठा चाहिँ टाप।’

पर्यटन मन्त्रालयको बजेटमाथिको सांसद साँवाको टिप्पणी हो यो। उनले प्रदेशसभाको बेथितिप्रति व्यङ्ग्य गर्दै रोचक पाराले प्रदेशसभा र जनप्रतिनिधिको चित्रण गरे।  

यो अभिव्यक्तिप्रति उनकै दल एमालेका सांसदको हाँसो पनि देख्न लायक थियो।

प्रदेश नं १ प्रदेशसभामा प्रदेश सरकारले पेश गरेको विनियोजन विधेयक २०७९।०८० माथि सोमबारदेखि छलफल शुरु भयो। मंगलबार पनि बजेटमाथिको छलफल दिनको ११ बजे शुरु भयो।

बजेटको छलफलका क्रममा न त मुख्यमन्त्री राजेन्द्रकुमार राई उपस्थित थिए न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो नै।

वार्षिक योजनाका लागि ल्याइने बजेट सम्बन्धी छलफलमै यस्तो अनुत्तरदायी घटना देखेर सांसद साँवा व्यङ्ग्यात्मक रूपमा प्रस्तुत भएका हुन्।

छलफलमा उपस्थित हुनुपर्ने मुख्यमन्त्री राई यतिखेर काठमाडौँमा छन्।

सोमबार रातिदेखिको अविरल वर्षाका कारण खोलामा बाढी आएर प्रदेश १ का तराईका कैयौँ भाग जलमग्न थिए।

प्रदेशका भूभाग जलमग्न हुँदा प्रदेश सरकारका मन्त्रीको अनुपस्थितिलाई उनले चित्रण गरे।

यस्तै बजेटमाथिको छलफलमा उनी आफू बसेको ठाउँदेखि उठेर रोष्ट्रममा जाने क्रममा मन्त्री र सांसदहरूको संख्या औँलामा गन्दै पुगे।

साँवा रोष्ट्रममा उभिएर कुरा राख्ने क्रममा धेरै पटक भाइरल भएका छन्। अर्थात् उनको बोल्ने शैली सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ।


हेर्नुहोस् भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.