|

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् ।

दिउँसो नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका गौतम अपरान्ह माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्। उनले आगामी चुनावमा बाम गठबन्धन बनाएर जानुपर्ने बताउँदै आएका छन् । 

उनले एमाले अध्यक्ष ओलीलाई भेटेर पनि वाम गठबन्धन निर्माणमा जोड दिएका छन्। एमाले र माओवादी केन्द्र एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि गौतमले नेकपा राष्ट्रिय अभियान गठन गरेका थिए। 

सोही अभियानलाई उनले केही दिनअघि पार्टीको स्वरुप दिएको घोषणा गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.