|

काभ्रे : जिल्लाको बनेपा नगरपालिका–११ स्थित अपाङ्ग बाल अस्पतालको कर्मचारी (स्टाफ) बोकेको बस दुर्घटना भएको छ। स्टाफ बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ भने ३८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी खतिवडाका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय लेख कुमारी बस्नेत रहेकी छन्। गम्भीर घाइते बस्नेतको शीर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

डिएसपी खतिवडाले ड्युटी सकिएर घर फर्किने क्रममा अस्पतालबाट करिब १५० मिटरको दुरीमा पुग्दा स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको बस दुर्घटना भएको जानकारी दिए। उक्त बसमा स्टाफ बाहेक स्थानीयहरु पनि सवार रहेको प्रहरीले जनाएको छ।

उनले घाइतेहरुको बनेपास्थित भोमी अस्पताल र शिर मेमोरियल अस्पतालसँगै धुलिखेलस्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.