|

काठमाडौं : धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटनामा ३१ जना घाइते भएका छन्। 

घाइतेमध्ये २२ जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए। अन्यको स्थानीय गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको छ। 

काठमाडौंबाट रौतहटका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस गएराति करिब २ बजे पृथ्वी राजमार्ग अन्तर्गत गल्छी–६ मा दुर्घटनामा परेको हो। दुर्घटनाको कारण पत्ता लागेको छैन। 

सडकमा भएका खाल्डाखुल्डीका कारण बस पल्टिएको प्रहरीको अनुमान छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.