|

काठमाडौं : भारत र इंग्ल्यान्डबिच जारी ५ खेलको अन्तिम टेस्टको पहिलो इनिङमा पाहुना टोली हावि भएको छ। बर्मिङघम टेस्टमा घरेलु टोली इंग्ल्यान्डले खराब सुरुवात गर्दा भारतले पहिलो इनिङमा बनाएको बलियो लक्ष्यमा इंग्ल्यान्ड निकै पछि देखिएको हो।

चौंथो टेस्टको दोस्रो दिनको खेल समाप्तिमा इंग्ल्यान्ड ५ विकेट गुमाएर ८४ रनको अवस्थामा क्रिजमा रहेको छ। अझै इंग्ल्यान्ड पहिलो इनिङमा भारत भन्दा ३३२ रनले पछि छ। इंग्ल्यान्डका कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। जो रुटले ३१ रन बनाउनु अहिलेसम्मको सर्वाधिक रनका रुपमा रहेको छ। इंग्ल्यान्डलाई धारासायि बनाउने क्रममा भारतका कप्तान जसप्रित बुमराहले सर्वाधिक ३ विकेट लिएका छन्।

त्यसअघि पहिलो ब्याटिङ गरेको भारतले ऋषभ पन्त र रविन्द्र जडेजाको सानदार शतकीय इनिङमा ४ सय १६ रनको विशाल स्कोर तयार गरेको थियो। ९८ रन बनाउँदा ५ विकेट गुमाएको भारतका लागि यि दुई खेलाडीले छैटौं विकेटका लागि २ सय २२ रनको सानदार साझेदारी गरेका थिए। ऋषभले १ सय ४६ रन बनाउँदा जडेजाले १०४ रनको योगदान दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.