|
फाइल फोटो

काठमाडौं : अभिनेत्री तथा नेकपा एमाले नेतृ करिश्मा मानन्धरले काठमाडौं महानगरको भूमिकामाथि प्रश्न उठाएकी छन्। महानगर प्रमुख बालेन साहलाई लक्षित गर्दै उनले समस्या समाधानमा लाग्न आग्रह गरेकी हुन्। 

महानगर प्रहरीले ठेलाका व्यापारीलाई दुख दिन थालेपछि उनले नेतृत्वमाथि नै प्रश्न उठाएकी हुन्। 

फेसबुकमा लेखेकी छन्, ‘म पनि काठमाडौ रैथाने बासी हु। महानगर सफा हुनुपर्छ सहि हो। हामीले आफ्ना करोडौं पर्ने जग्गा/घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्यौँ सहि हो। बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुदैन त्यो पनि सहि कुरो हो। गाउँ छोडेर हाम्रा शहरमा गरिखान किन आउँछन् मानिसहरु त्यसमा प्रश्न छ।’ 
 
उनले स्वतन्त्रबाट जितेर मेयर बनेका बालनलाई लक्षित गर्दै भनेकी छन्, ‘तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाऊ र लागू गर भनेर मात्रै पठाएको होइन। हरेक लागू गरेका नियमहरूको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो। यो काठमाडौको मात्रै समस्या होइन भविष्यमा हरेक महानगरको समस्या हुनेछ।’ 

फुटपाथको विषयमा समस्या गर्नुको सट्टा अहिलेको परिस्थितिमा महानगरको नेतृत्व इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नु जस्तो देखिएको टिप्पणी गरेकी छन्।

केही दिनअघि सडकपेटिबाट महानगर प्रहरीले ठेलागाढा उठाएर सडकपेटीमा व्यापार व्यवसाय गर्दै जीवनयापन गर्दै आएकाहरूलाई आतंकित बनाएको विषयमा बालेनप्रति सर्वत्र विरोध भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.