|

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक दिउँसो एक बजेका लागि बोलाइएको भए पनि राष्ट्रियसभाको बैठक सुरु भइसक्दा पनि प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेन। सांसद र मन्त्रीहरू नै निर्धारित समयभन्दा १५ मिनेट अघि नै बैठकमा पुग्नुपर्ने भए पनि बैठक तोकिएको समयमा प्राय कहिल्यै सांसदहरू पुग्दैनन्। यसरी सरकारको उच्च तहबाटै ढिलासुस्ती हुँदा आम जनतामा निराशा छाउने गरेको छ।

आजको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बजेटसम्बन्धी विभिन्न विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ। यस्तै राष्ट्रियसभामा उत्पति भएका औषधि तेस्रो संशोधन विधेयक २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन विधेयक २०७९ र रेल्वे विधेयक २०७९ टेबुल गर्ने कार्यसूची छ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८ र राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

निर्धारित समयभन्दा करिब २० मिनेट ढिला सुरु भएको बैठकमा अहिले प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली बोलिरहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.