|

काठमाडौं : महिला साफ च्याम्पियनसिप स्वदेशमा नै आयोजनाको अवसर पाएको खुशी सेलाउन नपाउँदै नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई धक्का ‌लागेको छ। कप्तान रेनुका नगरकोटी प्रशिक्षणका क्रममा घाइते भएको एन्फाले जनाएको छ।

सातदोबाटोस्थित एन्फा कम्लेक्सको खेल मैदानमा सोमबार प्रशिक्षणका क्रममा लडेपछि रेनुकाको घाँटीमुनिको बायाँ हड्डी भाँचिएको जनाइएको छ। यसबाट रेनुका लामो समय नै मैदान बाहिर हुने पक्का भएको छ।

‘प्रशिक्षणको क्रममा मैदानमा लड्दा उनको घाँटीमुनिको बायाँ हड्डी ठोकिन पुगेको थियो‚’ प्रशिक्षक बालगोपाल महर्जनले भने‚ ‘उनलाई तत्काल अस्पतालमा ल्याएर परीक्षण गर्दा डाक्टरले शल्यक्रिया गर्नुपर्ने सुझाव दिनुभएको छ।’

उनले नगरकोटी कहिले मैदान फर्किन्छिन् भन्ने एकीन नभएको बताए। पूरा रिपोर्ट र रिकभर हुने तय भएपछि फर्किने तय हुन्छ।

एशियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेकी रेनुकालाई घाइते भएपछि ग्वार्कोस्थित बि एण्ड बि अस्पताल लगिएको थियो। उनको जतिसक्दो चाँडो शल्यक्रिया गर्ने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.