|

धनगढी : धनगढी उपमहानगरपालिकाको आठौँ नगर सभाको तेस्रो बैठकमा बैठकमा भाँडभैलो भएको छ। नगरसभामा नेकपा एमालेका सदस्यहरुले कुर्सी फालाफाल समेत गरेका छन्।

नगर सभा बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरी बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि कुर्सी फालाफाल भएको हो। सभा बैठकमा बोल्दै आफूसँग मेयर गोपाल हमालले समन्वय नगरेको बताउँदै उपमेयर रानाले गुनासो पोखिन्।

‘धनगढी उपमहानगरपालिका कसैको प्राइभेट कम्पनी होइन। मेयर साबले एकलौटी गर्नुभएको छ। योजना तर्जुमामा हामीलाई बाइपास गरिएको छ’, उनले भनिन् ‘योजना तर्जुमा समितिको संयोजक म हूँ तर, मलाई यस विषयमा कुनै जानकारी गराइएको छैन।’

उपप्रमुख रानाले निजी सचिवालयमा कर्मचारी व्यवस्थापन पनि नगरिदिएको गुनासो पोखिन्। उपमेयरको गुनासो लगत्तै बैठक स्थलमा कुर्सी फालाफाल र होहल्ला भएपछि बैठक अवरुद्ध भएको छ। उपमेयरको गुनासोको जवाफ मेयर गोपाल हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले दिएका थिए। हमालले बजेट निर्माणमा उपमेयरको पनि भूमिका रहेको स्मरण गराएका थिए।

रानाले उठाएका प्रश्नको जवाफ दिँदै मेयर हमालले योजना शाखाका विज्ञहरुले बजेट र योजना निर्माण गरेको बताउँदै आफ्नो संलग्नता र कुनै स्वार्थ नरहेको बताएका थिए। केहीबेर प्रमुख र उपप्रमुखबीच सवाल जवाफ समेत भएको थियो।

धनगढी उपमहानगरपालिकामा मेयर हमालले स्वतन्त्रबाट जितेका थिए भने नेकपा एमालेबाट उम्मेदवार बनेकी रानाले उपमेयरमा जितेकी थिइन्।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.