काठमाडौँ : सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रको कार्यालयमा हस्तक्षेप गरेको छ।
आइतबार बिहानैदेखि प्रहरी हस्तक्षेप शुरु भएको नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले जानकारी दिए।
हतियारसहित तैनाथ भएको प्रहरीले आफूहरूलाई कार्यालयको मूलगेटमै राेकी कार्यालय प्रवेशमा रोक लगाएको उनको भनाइ छ।
प्रहरीले सर्वोच्च अदालतको फैसलालाई समेत बेवास्ता गरेको तिम्सिनाले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।