|

काठमाडौं : झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ।

झापाको मेचीनगर नगरपालिका स्थित काँकडभिट्टामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको स्रोतले जनाएको छ। नेपाल प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि विवाद हुँदा दुई सुरक्षा निकायबीच झडप भएको बताइएकाे छ।

नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको र त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको बताइएको छ। तर, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले त्यस्तो नभएको बताएका छन्। 

महतोका अनुसार सुपारी तस्करलाई नेपाल प्रहरीले पक्राउ गरेको र त्यहाँ सशस्त्र प्रहरी आएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जवानबीच सामान्य विवाद भएकाे हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.