|

रौतहट : बर्खा सुरु भएसँगै रौतहटमा विषालु सर्पको बिगबिगी बढेको छ। 

चर्को गर्मीको कारण दुलो भित्र लुकेर बस्ने विषालु सर्प पानी पर्न थालेपछि बाहिर निस्केर मानिसलाई टोक्ने क्रम बढेको हो। प्रादेशिक अस्पताल गौरमा दैनिक जसो १० देखि १५ जना सम्म सर्पदंशको बिरामी उपचारको लागि आउने गरेका छन्। असार ११ गते देखि २२ गते सम्म ४५ जना सर्पदंशको विरामीहरु उपचार गराउन आएको अस्पतालले जनाएका छ्न्। 

प्रादेशिक अस्पताल गौरको इमरजेन्सी सेवामा कार्यरत हेल्थ असिस्टेन्ट मुकेशकुमार झाका अनुसार साँझ पख सर्पदंशको विरामीहरु बढी आउने गरेका छन्। सर्पदंशका बिरामीहरुलाई दिइने एन्टिस्नेक भेनम नामक औषधी अहिले पर्याप्त संख्यामा रहेको कारण विरामीहरुलाई उपचार गर्नमा कुनै कठिनाई नरहेको  झाले बताए।

गत सोमवार राति दुर्गा भगवती गाउँपालिका–४ छतौना गाउँका २६ वर्षीया खुसमुदा खातुनलाई विषालु सर्पको टोकाइबाट गाउँमै मृत्यु भएको मृतक परिवारले जनाएको छ।

यता गढी माई नगरपालिका–९ इनर्वा गाउँका ३२ वर्षीय फेकु पासवानलाई विषालु सर्प गोमनले मंगलवार टोकेपछि तत्कालै डोरीले खुटा धेर प्रादेशिक अस्पताल गौरमा आएर उपचार गराइरहेको पीडितले बताए। पासवान घर छेउमै बसिरहदा दिउसो साढे १२ बजेको समयमा गोमन सर्पले टोकेको थियो। 

यस्तै गत शनिवार राति विषालु सर्पको टोकाइबाट रौतहटको बौधीमाई नगरपालिका ३ मटिअर्वा गाउका रामलगन कुशवाहाका ९ वर्षीय छोरा अनमोल कुशवाहाको मृत्यु भएको थियो। 

सर्पदंशको विरामीको संख्या बढ्न थालेपछि रातिको समयमा टर्च लिएर बाहिर निस्कन तथा सुत्नु अघि ओछ्यानलाई राम्ररी हेरविचार गरेर मात्रै सुत्न चिकत्सकको सल्लाह छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.