|

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ। मंगलबार र हिजो स्थगित बैठक आज  बिहान ११ बजेबाट सुरु भएको हो।

आजको बैठकमा अध्यक्ष प्रचण्डले सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्।

प्रचण्डले आजको बैठकमा १ सय २५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीहरूको नाम प्रस्ताव गर्ने पार्टीका पूर्व स्थायी कमिटी सदस्य दिनानाथ शर्माले जानकारी दिए। बैठकमा अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति नभए निर्वाचन प्रक्रियाबाट भए पनि टुंग्याइने उनको भनाइ छ।

गत पुसमा महाधिवेशन गरेको माओवादीले ६ महिना हुँदा पनि पदाधिकारीसहित स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न सकेको छैन। माओवादीको केन्द्रीय कमिटी बैठक आइतबारदेखि काठमाडौंमा जारी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.