|

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (शुक्रबार) प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका छन्। उनले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा प्रधानसेनापति शर्मासँग भेट गरेका हुन्।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको थियो। भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास दुवै पक्षले गरेका छन्।

शुक्रबार प्रकाशित एक दैनिक पत्रिकाले प्रधानसेनापति शर्माले भारतीय सीमामा तारबार लगाउने अभिव्यक्ति दिएको समाचार छापेको थियो। तर सेनाले भने प्रधानसेनापति शर्माले त्यस्तो अभिव्यक्ति नदिएको जनाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.