|

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि छन्। 

प्राप्त पछिल्लो विवरण अनुसार प्रमुखमा एमालेका रामबहादुर बानियाँले २७ सय ९८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले १५ सय ६ मत ल्याएका छन्। 

उपप्रमुखमा एमालेकी माया कुमारी खड्का (कुवँर)ले २७ सय १६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसकी रिता शाही (शाह) ले १५ सय ७७ मत ल्याएकी छिन् । ४५ सय ५६ मत गणना भइसक्दा यो नतिजा आएको र अहिले ५ हजारभन्दा बढी मत गणना भइसकेको निर्वाचन अधिकृत लक्ष्मण बहादुर कठायतले जानकारी दिए। 

कुनै अवरोध नभए ९ हजार १ सय २८ मत खसेको बुढीगंगाको अन्तिम मत परिणाम भोलि विहानसम्म सार्वजनिक हुने कठायतले बताए।

चार वडाध्यक्षमा एमाले, एकीकृत समाजवादीको शून्य मत !

बुढीगंगा नगरपालिकामा हालसम्म चार वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। चारै वडामा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर एकमा एमालेका रणबहादुर थापाले ४ सय १६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका लोकबहादुर थापाले ३ सय ५८ मत पाए।

नेकपा एकीकृत समाजवादीका रामबहादुर सिंहले एक मत मात्रै ल्याए। दुई नम्बर वडामा एमालेका पदमबहादुर भण्डारीले ८ सय ३८ मत ल्याएर विजयी भए। कांग्रेसका नरबहादुर थापा २ सय ३५ मत पाउँदा एकीकृत समाजवादीका सगुने थापाले शून्य मत प्राप्त गरे। वडा नम्बर ९ मा एमालेका मिनबहादुर सिंहले ४ सय ८२ मत ल्याउँदा समाजवादीका भरतबहादुर थापाले २ सय ९३ मत ल्याए। 

वडा नम्बर १० मा एमालेका दलबहादुर सावदले ५ सय ४८ मत ल्याएर विजयी हुँदा कांग्रेसका मोहनबहादुर बुढाले ४ सय ९१ मत प्राप्त गरे। राप्रपाका गौरीप्रसाद जोशीले जम्मा दुई मत ल्याए। 

अहिले वडा नम्बर ३ र ८ को मतगणना चलिरहेको निर्वाचन अधिकृत कठायतले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.