|

काठमाण्डौं : साहित्यकार सुशीला पौडेलका २ कृति 'मनुषी' मुक्तक सङ्ग्रह र 'खुशी विनाको मुस्कान' गजल सङ्ग्रहलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमको आयोजना गरी विमोचन गरियो।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता एवं कवि तथा समालोचक डा. गीता त्रिपाठीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे।

दुवै कृतिकाे साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व कवि तथा गीतकार दिनेश अधिकारी आख्यानकार डा. भोजराज घिमिरे, समावेशी आयोगका सदस्य विष्णु ओझा, कवि एसपी कोइराला, धीरेन्द्र प्रेमर्षीको आतिथ्यतामा लोकार्पण गरिएको हाे।

कार्यक्रममा विमोचित कृतिमाथि समीक्षा गर्दै डा. मुरारी पराजुलीले मुक्तक नेपाली साहित्यको सर्वप्रिय विधा हुँदाहुँदै स्रष्टा सुशीला पौडेलको लालित्यपूर्ण सृजनात्मक लेखन कलाले अक्षरको खेतीमा उच्च शिल्पको प्रयोग गरिएकोले पाठकलाई रुचीपूर्ण लाग्ने विश्वास व्यक्त गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.