|

काठमाडाैं : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जोखिम क्षेत्रमा क्रियाशील श्रमिकका मागलाई सम्बोधन गर्ने गरी काम गर्ने बताएका छन्।

नेपाल इलेक्ट्रिसियन सङ्घले आज आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले इलेक्ट्रिसियन व्यवसाय धेरै जोखिम हुने क्षेत्रमा पर्ने भएकाले त्यहाँका श्रमिकका सुरक्षालगायत विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

आफूले सधैँ श्रमिक र मजदुर वर्गको न्यायका पक्षमा सङ्घर्ष गरेकाले उनीहरूका समस्या समाधानका साथै सुरक्षाका लागि सधैँ संवेदनशील रहेको बताउँदै उनले यो प्राविधिक सीप बोकेर सधैँ विद्युतसँग लुकामारी गर्ने जोखिमयुक्त क्षेत्रमा काम गर्ने कामदारको हितार्थ लाग्ने बताए।

उनीहरूका मागलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले इलेक्ट्रिसियन क्षेत्रमा काम गर्ने व्यक्तिको प्रतिष्ठा समाजमा जुनरूपमा पुग्नुपर्ने हो सो नभएकाले समाजले सकारात्मक व्यवहार गर्नुपर्ने विचार व्यक्त गरे। सङ्घले स्वदेश तथा विदेशमा काम गर्न जाने जनशक्तिलाई सहयोग तथा तालिमको व्यवस्था गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.