|

काठमाडौं :  जो कोहीलाई पनि एउटा काममा हात हालेपछि अर्को नयाँ काम शुरु गर्दा अनेकन समस्या आउँछन्। किनभने हरेक मानिस एउटा क्षेत्रमा नै विज्ञ हुन्छ।

त्यसैले पनि आफूले जानेको र बुझेको क्षेत्र बाहिर हात हाल्दा असफल भएका रेकर्ड धेरै छन्। तर वीरेन्द्रबहादुर बस्नेत भने एकपछि अर्को सफलतामा अघि बढेका छन्।

अहिलेसम्मको कृषि कर्मले उनलाई खुशी र हौसला नै मिलेको छ। नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो वीरेन्द्रबहादुर बस्नेत। देशकै अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रवन्ध निर्देशक बस्नेतले वर्षौंदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा एउटा प्रतिष्ठा र पहिचान कमाए।

उनै बस्नेत धान मिल अर्थात धान र खाद्य सुरक्षाको नयाँ क्षेत्रमा मोडिएका छन्।

कृषि पेशाप्रति आइरहेको विकराल नैराश्यलाई फालेर कृषि नै देशका लागि अपरिहार्य र महत्वपूर्ण पेशा बनाउने उनको चाहना छ। यसै सन्दर्भमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले बुद्ध एयरका प्रवन्ध निर्देशक बस्नेतसँग धान मिल अर्थात धान र खाद्य सुरक्षाको बारेमा कुराकानी गरेको छ। 

वर्षौंदेखि जहाजको सञ्चालक रहेर वायुसेवा क्षेत्रमा सफल आरोहण गर्नुभयो। धान मिल अथवा धान र खाद्य सुरक्षाको कुरा गर्ने बाटोमा मोडिनुभएको छ, खास कुरा के हो ?

यो जिन्दगीको फिलोसपीसँग जोडिन्छ। किनभने कुन व्यक्तिले कुन काम गर्ने एउटा आफ्नो जीवनको फिलोसपी के गर्न चाहन्छु, के गर्छु भन्ने विषयसँग जोडिएको हुन्छ।

वायुसेवामा चुलो बाल्ने साधन हामीले सिर्जना गर्‍यौं। राष्ट्रिय उद्योग राष्ट्रिय अर्थतन्त्रमा ठूलो सेवा पुर्‍याएको छ। राज्यको समृद्धि के हामीले सफलतालाई स्थापित गर्नसक्छौं कि सक्दैनौं। एउटा कुरालाई हामीले सफलताका साथ पूरा गर्नसक्छौं की सक्दैनौं। हरेक एक व्यक्ति एउटा स्थानमा पुग्छ। त्यसले योगदान गर्नसक्छ। उसले योगदान गर्ने कुरालाई सोच्नुपर्छ जस्तो लाग्छ। आखिरमा गएर माटोमा नै विलय हुने हो।

माटोमा विलय हुनुभन्दा अगाडि समाज,देश र भावी सन्ततिको लागि केही योगदान गर्न सकिन्छ की सकिँदैन भन्ने सोचले जिन्दगीको गन्तव्य सिर्जना गर्छ जस्तो लाग्छ। यहि अनुसार म यता पनि लागेको हो।

धान नै किन रोज्नुभयो ?

धेरै वटा कारणले धान रोजेको हुँ। पहिलो कारण एयरलाइन्स खोल्नु अगाडि धानमा परिचित,धान उत्पादनमा नै खाइ खेली आएको व्यक्ति हुँ। दोस्रो कुरा नेपालको सफलता न्यायसंगत व्यवसाय के हुनसक्छ भन्दा त्यो कृषि नै हो। अहिले पनि हामी कृषि प्रधान देश भनेर चिन्छौँ। हाम्रो जमिन जति छ, त्यो कृषिको लागि न्यायसंगत रुपमा रहेको छ।

दुई बिगाहा तीन बिगाहाको भू–स्वामित्व रहेको छ। त्यसको अवसर त्यसको सम्भाव्यता भनेको जति उत्पादन हुन्छ। त्यसलाई हामीले निर्वाहमुखीबाट औद्योगीकरण वा व्यवसायीकरण गर्‍यौं भने अझ राम्रो हुन्छ।

त्यस्तै धान अनस्टेवल डाइट हो। हरेक नेपालीले वर्षमा सरदर १४० केजी खान्छौं। नेपालमा ५० अर्बको धान आयात गर्छौं। त्यो आयात हुने धानलाई रोक्नसक्यौं र आफैँ आत्मनिर्भर हुनसक्यौं भने त्यसले सक्सेस स्टोरी क्रियट गर्छ।

त्यस कारण हामीले धान मिल नभएर किसानले धानको बीउ राखेदेखि उत्पादन गरेर उपभोक्ताले भात खाउन्जेलसम्मको जुन प्रोसेस छ, सबैलाई ठीकसँग सञ्चालन गर्न  सक्यौं वा ठीकसँग डेलिभरी गर्नसक्नुपर्छ। न्यायोचित र कम खर्च कम आम्दानीलाई बढाउन सक्यौं भने सफलताको कथा हुनेछ। त्यसले हरेक नेपाली वा युवा पिँढीलाई प्रोत्साहित गर्नेछ।

तपाईंले गरिरहेको काम कसरी शुरु भयो र कसरी उपभोक्ताको चुलोसम्म आइपुग्छ, त्यसमा जोडिने अवयव, बजार व्यवस्थापन सबै गर्दा एउटा साइकलमा कसरी आउँछ ?

अहिले नेपालमा धेरै मोटो धान उत्पादन हुन्छ। अधिकांश मोटो धान उत्पादन हुन्छ। किनभने मसिनो धानको बजार व्यवस्थित भएको छैन। मसिनो धानलाई मिलिङ गर्ने इक्युपमेन्टहरू नै हाम्रो देशमा छैन। मिलहरूको त्यो खालको इक्युटमेण्ट छैन।

त्यसले गर्दा मोटो धान उत्पादन हुन्छ, जसको चामलको मूल्य ४० देखि ५० रुपैयाँ हुन्छ। धानको मूल्य एकदमै थोरै हुन्छ। धानको मूल्य ठिक नहुने भएकाले हामी निर्वाहमुखी खेतिपातीबाट माथि उठ्न नै सकेका छैनौं।

नेपालको सबैभन्दा धेरै उत्पादन र खेती हुने पनि धान नै हो। त्यसले गर्दा त्यो भिसेफ साइकललाई कसरी ब्रेक गर्ने भन्ने एउटा हाइफोथसिस सिर्जना गर्नु अति जरुरी थियो। हामी करिव १५ वर्षदेखि यसमा लागि रहेका छौं।

हामीले के बुझ्यौँ भने एउटा स्टेटअफ आर्ट राईस स्थापनाको लागि लगानी गरेर सञ्चालन नगरी हामीले भिसेफ साइकल ब्रिक नै गर्न नसक्ने भयौं। किनभन्दा हामीले मसिनो धान पनि उत्पादन गरिहेका छौं। किसानहरूले लङ्ग्रेन ६.५ एमएमको धानबाट चामल उत्पादन गरे खरिद गरिरहेका छौं।

त्यो धान हामीले पाँच वर्ष अगाडि नै किसान माझ ल्याएका हौं। तर त्यसको प्रिमियमको सट्टा रिटार्डेशन भयो। चलनचल्तीको भन्दा कम मूल्यमा किने मिलहरूले।

किनकी त्यो धान मिलिङ गर्दा कुडिन्थ्यो। कनीका बढी निस्किन्थ्यो। त्यस कारण एउटा स्टेर्टअफ आर्ट राईस स्थापना गर्नुपर्ने हाम्रो दायित्व भयो। त्यसकारण हामीले राइस मिल खोल्यौँ। किसानहरूले धानको मूल्य राम्रो पाए मात्रै मोटिभेट हुन्छन्।

हामीले चैते धानको न्यूनतम ७ सय ५० रुपैयाँ तोकेका छौं। जहाँ चलनचल्तीमा ६ रुपैयाँमा खरिद हुन्छ। खरिद भएको रकम ३ चार महिना लगाएर स्थानीय गल्लाहरूले स्थानीय किसानहरूलाई दिन्छन्। जुन विगतको प्रक्रिया थियो त्यसको अन्त्य गर्‍यौं। तर यसमा किसानलाई यसमा आकर्षण गर्न धेरै गाह्रो पर्‍यो। त्यस कारण १५ सय टनको प्रोजेक्सन गरेर गएको ५ सय टन मात्रै स्थापित गर्नसक्यौँ। किसानले जोखिम कम लिन्छन्। सानो सानो चाक्लामा खेती गरिरहेको हुन्छ। उनीहरूलाई स्थानीय गल्लावालाहरूले भाडिदिए।

हामीले सबैको रोजीरोटीमा ब्रेक लगाउने भयौं। यो वर्ष हामीले स्थापित गरौं। उत्पादकत्व पनि बढ्यो। विगतमा कठ्ठाको ४ मन फल्ने अथवा ५०-६० मन कठ्ठाको फल्नेमा यो वर्ष सरदर १३० मन फल्यो। राम्रो खेती गर्नेले १६० मन पनि फलाए।

हाइब्रिड धानलाई राम्रोसँग खेती गरे १६० मन यो धान फल्ने भयो। यो चार महिनामा एक लाख रुपैयाँ नेट फाइदा आयो। एक बिगाहामा चार महिनामा एक लाख रुपैयाँ फाइदा भनेको राम्रै फाइदा हो। त्यो यहाँ स्थापित गरायौँ। अब मंसिरको धानमा ३० रुपैयाँ बढाएर १२ सय रुपैयाँ मनको स्थापित गर्‍यौं। घनश्याम भुसाल कृषिमन्त्री हुँदा धेरै प्रयास गरेर न्युनतम सर्पोट मूल्य १९ रुपैयाँ राख्नु भएकोमा हामीले ३० रुपैयाँ दियौँ।

त्यसमा अहिले हामीलाई धान बिक्री गर्न सिरहा देखिका किसानहरू बढ्यो उत्साहित छन्। अब मुख्य हाम्रो चुनौती के हो भने नेपाली धान खरिद गर्ने हो। भारतीय गल्लाबाट धान नेपाल ल्याएर प्रशोधन गरेर बिक्री गर्ने होइन। नेपाली धान खरिद गरेर उत्पादन नगरे ठूलो लगानी लगाएर मिल स्थापना गरेको अर्थ नै भएन। अगनी र चैते दुई वटै धानमा सोचे जस्तै सफलताका साथ समय अनुकुल(टाइमलाइन)मा काम गर्दै अगाडि बढेका छौं।

भविष्यमा धान मकै र भटमाससँगै व्यवस्थापन गर्नुपर्छ। भण्डारण गर्ने ढवाङ्हरू साढे ३ हजार टनका छन्। धानलाई १३ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ र मकैलाई  ३० प्रतिशतबाट १५ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ। त्यो सबै गर्ने इक्युपमेण्ट राखेका छौं, जुन मिलको सबै भन्दा ठूलो खर्च हो। त्यसको प्रयोग वर्षको तीन पटक प्रयोग हुने भयो।

मिल अप्टिमाइल हिसावले सञ्चालन गर्दा यी सबै कम्पोमेण्टहरू चैते,अगने धान र मकै स्थापित हुनुपर्‍यो। मकै स्थापित हुने बित्तिकै दानामा जाने भयो।

धानबाट आउने कनीका पनि दानामा प्रयोग हुन्छ। उत्पादनको भ्यालुचेन यो हो। बिक्री वितरणको क्षेत्रमा चामलको लागि अनलाइनको व्यवस्था गर्नुपर्छ। ग्यास पानी जस्तो महिनामा २० देखि ३० केजी चामल प्रयोग गर्छन्। त्यो खालको बजारीकरण योजनामा जानुपर्छ। यो विशुद्ध नेपाली चामल हो। २० देखि २५ रुपैयाँ रिटेल मूल्य कम गरेर दिन्छौं।

उत्पादन गर्ने क्षेत्र र किसानहरू दिगोपनमा राइस मिलले निरन्तरता दिनेभयो, तपाईंले भन्नुभए अनुसार बजारीकरण गर्ने अनलाइन सेवा दिने कुरा आयो, किसानहरूलाई डिजिटल फर्ममा कसरी जोड्ने खर्च पनि बढी नै लाग्छ, यसलाई कसरी जोड्नु हुन्छ ?

राइस मिल किसानहरूको माझमा लगेर स्थापना गरेका छौं। खेती किसानीको बीचमा लगेर मिल स्थापना भएको छ। त्यस किसानलाई दिने दिगोपन र वरपरको धान,मकै खरिद गर्नु प्रमुख लक्ष्य हो भन्ने कुरा स्थापित भइसकेको छ।

३५ सय बिगाहा, अगनी धान उत्पादन हुने र २४ सय बिगाहा चैते धान उत्पादन हुने जमिन गरी ५५ सय बिगाहाको क्यासमेन्ट हो। बेलबारी नगरपालिकामा मिल राखेका छौं।

त्यहाँ खेतीयोग्य जमिन १० हजार बिगाहा भन्दा बढी छ। हामीले बेलबारीकै धान उठाइसक्दैनौं। मकै पनि २० हजार बिगाहामा होला। त्यहाँ मकै पनि खरिद गरिसक्दैनौं।

जुन मिलले ग्यारेन्टी गरेको छ, त्यो स्थापित हुन्छ। जुन टेक्नोलोजी ट्रान्सफरको कुरामा अहम छ। हामी किसानकै माझमा बसेर धान मिल सञ्चालन गर्ने भएकाले किसान समूह बनाउनुपर्छ भनिरहेका छौं। 

यसमा विकासमा तीन वटा खराब कुराहरू छन्, जुट,उखुको संरचना बने र मनोपली रुपमा चल्दा  किसानहरू मारमा परेका छन्, अब तपाईले धानको मिल खोलेपछि सबैले खोल्नेछन्। अनि त्यस्तै मनोपली भएर किसानले दुःख पाउने त होइनन्, धेरै उदाहरण भएकाले शंका जन्माएको छ?

हामी यसलाई बिस्तारै स्टेप स्टेप रुपमा लिएर जाने तयारीमा छौं। पहिला राइस मिललाई स्थापित गरेर २० हजार धान र १० हजार टन मकैलाई प्रशोधन गर्ने हो। त्यसको ब्यालेन्स सिटमा जुन प्रक्षेपणमा नाफा आएको छ। व्यवहारिक रुपबाट स्थापित गर्ने। पैसा देखिनु पर्‍यो। त्यसलाई किसानको लगानी र स्थानीय समुदायको लगानीको रुपमा बिस्तारै यही मोडालिटीमा बिस्तार गर्दै जाने तयारी हो।

किसानहरूले त्यसमा ओनरसिप खोजेको खण्डमा त्यसलाई डाइलोड गरेर उद्यमीहरूले २५ प्रतिशत भन्दा बढी लगानी राख्ने पक्षमा छैनौं।

मिलको स्वामित्वको २५ प्रतिशत। मनोपली भन्ने कुरा नभएर सबैको सहभागिता लगानी गर्न पाउने अवस्था हुनुपर्‍यो। हामीले यो मिललाई स्थापित बनाउन सक्यौं भने पाँच वर्षमा हामी चामलमा आत्मनिर्भर हुन्छौं। मैले शाखा खोलेर नभई नयाँ कसैले कुनै अर्को जिल्लामा वा अर्को स्थानमा खोल्छ भने यस्तो तरिकाले गर्ने भनेर सिकाउने योजनामा छु।

कुनै न कुनै हिसावले सरकारको नीति र सरकारले चिन्नुपर्छ भनिन्छ, अहिले अन्य व्यवसायीहरूले सरकारले नीति बनाएर पनि व्यवसायी मैत्री बनाउने भन्ने काम गर्‍यो तर व्यवसायीहरूलाई सहयोग गरेन भन्ने गरेका छन्। तपाईंहरू यो विषयमा कसरी अगाडि बढ्नुभएको छ ?

प्रदेश एकको कृषि मन्त्रालय एकदमै प्रोएक्टिभ छ। त्यहाँको कृषि मन्त्रालयले पूरा सहयोग गरिरहेको छ। केन्द्र सरकारको परिपक्षमा भन्नुपर्दा स्थानीय स्तरबाट नै यो कार्यलाई सफल बनाएर गएपछि केन्द्र सरकारले अनुशरण गर्ने भन्ने अन्य केही रहँदैन जस्तो लाग्छ।

अहिले भएको प्रविधि भन्दा कस्तो हो, यो प्रविधिले लगानी र उत्पादनको हिसाव कसरी लाभ हुन सक्छ?

जुन धान प्रशोधन गर्ने प्रविधि रहेको छ। त्यो प्रविधिको उच्चतम प्रविधि प्रयोग गर्दा मात्रै धेरै फाइदा हुन्छ। त्यसले अर्थतन्त्रको स्केल तय गर्छ, उत्पादन गर्दाको खर्च घटाउँछ। नेपालमा अन्य राइस मिलहरूको प्रविधि कस्तो हो थाहा छैन। पहिलो पटक राइस मिल खोल्दैछु। अरुको राइस मिल हेरेको छैन।

राइस मिलको दुई वटा टेक्नोलोजी हो, एउटा भुलर र अर्को जापनीज टेक्नोलोजी हो। दुवैलाई कम्प्युटर गर्‍यौं। भुलर तुरुन्तै आयो। भुलर स्वीज मल्टिनेशनल टेक्नोलोजी हो। यो टेक्नोलोजी फुड ग्रेन म्यानेजमेण्टमा संसारको उच्चतम टेक्नोलोजी हो। उनीहरूको धान मिलको राम्रो टेक्नोलोजी ल्याएका छौं।

यति गरेपछि बजारको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

चामल निस्कि सकेपछि तुलना गर्छौं। भविष्यमा चामलका उपभोक्तालाई तुलना गर्ने ठाउँ चाहिन्छ। हाम्रो चामल भर्सेस बजारमा भएको त्यही गुणस्तर मूल्यको चामलाई तुलना गर्छौं। हाम्रो मार्केटिङको अहम पाटो त्यही हुनेछ। हामीले धानको चामल प्रशोधन र मकैको दानासहित गरेर ५० करोडको लगानी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.