|

काठमाडाैं : राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घको आयोजनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन शुरु भएको छ।

पाशुपत क्षेत्रमा आजदेखि शुरु भएको सोमबारसम्म चल्ने उक्त सम्मेलनमा ॐ कार परिवारभित्रका हिन्दू, बौद्ध किराँत धर्मका विद्वान्‌ले सहअस्तित्वपूर्ण समाज निर्माणका लागि आध्यात्मिक चिन्तनको महत्वकाबारे छलफल गर्नेछन्।

करिब ६० जिल्लाका धार्मिक अगुवा सम्मेलनमा धार्मिक गुरु, लेखकलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको वैदिक सनातन सभ्यताले विश्व परिवेशमा छुट्टै पहिचान कायम गरेकाले यसलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताए। कार्यक्रमका विशिष्ट अतिथि १००८ स्वामी अमृतानन्द गिरीले नेपाल वैदिक सनातनीको मुख्य तपोस्थल भएको ऐतिहासिक तथ्य विभिन्न कारणले अहिले ओझेलमा परेकाले यसको प्रवर्द्धनका लागि सबै संवेदनशील हुनुपर्ने विचार व्यक्त गरे।

बैंकटेश्वर मन्दिरका पीठाधिस पद्मधराचार्य, लोकेश्वर आश्रमका पीठाधिस दीनदयाल महाराज, बौद्ध विद्वान् मोहन लामा, किराँत धर्मगुरु मुन्धुम विद् डा चन्द्रकुमार शेर्मा, शिख समुदायका अगुवा ज्ञानी गुरुवक्स सिंह, सनातन धर्म संस्कृति महासङ्घका अध्यक्ष आचार्य सुजन अधिकारीलगायतले प्राचीन सभ्यता, संस्कृति, इतिहासको संरक्षण गरेर मात्र देश विकास गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.