|

काठमाडौं : नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन्।

लण्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी जोकोभिचले उपाधि जितेका हुन्।

विश्व नम्बर एक जोकोभिचले सुरुआती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन्। जोकोभिचले निकमाथि ४-६,६-३,६-४ र ७-६ (७-३) को सेटमा जित निकाले।

यससँगै जोकोभिचले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि हात पारेका छन्। यस्तै जोकोभिचले सातौं पटकको विम्बल्डनको उपाधि जितेका हुन्। जोकोभिचको यो २१ औं ग्रान्डस्लाम उपाधि हो। 

महिलातर्फको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जितेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.