आईसीयूमा उपचार गर्नुपर्ने संक्रमित पनि बढे

|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ सय ६८ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार आज ३०२० जनामा गरिएको परीक्षणमा १ सय ६८ जना संक्रमित भेटिएका हुन्।

आज ३७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ७७० जना सक्रिय संक्रमित रहेका छन्।पछिल्ला दिनहरुमा देशमा कोभिड संक्रमितको संख्या उकालो लाग्दै गएको छ। शनिवार १०२ जना संक्रमित भेटिएका थिए भने आइतबार १ सय २१ जना भेटिएका थिए।

मन्त्रालयको विवरण अनुसार हाल देशभर १२ जना संक्रमितको आईसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.