|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ सय ७७ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार १२६ जनामा गरिएको परीक्षणमा १ सय ७७ जना संक्रमित भेटिएका हुन्।

सोमबार १ सय ६८ जना संक्रमित भेटिएका थिए। पछिल्ला दिन देशमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै गएको छ। शनिबार १०२ जना संक्रमित भेटिएका थिए भने आइतबार १ सय २१ जना भेटिएका थिए।

आज ४१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ११ जना संक्रमितको आइसियू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

संक्रमण बढे संक्रिय संक्रमितको संख्या पनि बढेको छ। हाल देशभर ८ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौं जिल्लामा ५२५ जना, ललितपुरमा ६७ जना र भक्तपुरमा ४ जना रहेका छन्। 

८७३ सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ८५३ जना र संस्थागत आइसोलेसनमा २० जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.