|

बैतडी : कुटपिटबाट  बैतडीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका-३‚ ढुङ्गाबिसौनाका ४५ वर्षीय गोविन्द पार्की रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

साेही ठाउँकै ४६ वर्षीय पुरनबहादुर बोहराको कुटाइबाट पार्कीको मृत्यु भएको प्रहरीले जनाएको  छ। २५ गते राति बोहराले कुटपिट गरी घाइते भएका पार्कीको आज गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे।

कुटपिट गर्ने बोहरालाई प्रहरीले पक्राउ गरेकाे  छ।  घटनाको  कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.