|

रौतहट : निर्णय नमानेको भन्दै  गौर नगरपालिकाले १० विद्यालयसँग स्पष्टीकरण मागेको छ। विदाको निर्णय अवज्ञा गरेको भन्दै नगरपालिकाले १० विद्यालयसँग स्पष्टीकरण मागेको हो।

मुस्लिम समुदायको बकर इद पर्वको अवसरमा नगरपालकाले गत असार २४ गते मा नै सूचना प्रकाशित गरी असार २७ मा सार्वजनिक विदा दिने निर्णय सार्वजनिक गरेको थियो। 

नगरपालिकाको निर्णय सबै सामुदायिक तथा संस्थागत विद्यालयको हकमा लागू हुने भनिएको थियो । तर, गौर नगरपालिका भित्रका केही विद्यालयले अटेर गरेका थिए। गौर नगरपालिकाले सूचनाको अवहेलना गर्दै सार्वजनिक विदाको दिनमा पनि विद्यालय सञ्चालन गरेको भन्ने अभिभावकको गुनासो आएपछि नगरपालिकाले गौरका सबै विद्यालयको अनुगमन गरेको थियो । 

अनुगमनको क्रममा मित्र मेमोरियल आवासीय मावि, सगरमाथा इंग्लिस स्कुल, ज्ञानज्योति इंग्लिस बोर्डिङ, गजेन्द्र नारायण सिंह सेकेन्ड्री स्कुल, कृष्णामर्सी इंग्लिस स्कुल, प्रभात सेकेण्डरी  बोर्डिङ स्कुल, जनक इंग्लिस स्कुल, सत्य शिशु निकेतन बोर्डिङ स्कुल, नारायणी इंग्लिस बोर्डिङ स्कुल र डिग्नेटी एकेडेमी बोर्डिङ स्कुल सञ्चालन गरेको पाइएको थियो।

यससँगै नगरपालिकाले सबैसँग स्पष्टीकरण मागेको हो। ती विद्यालयले नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा संस्थागत विद्यालयले स्पष्टीकरण दिनुपर्ने छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.