|

सुनसरी : बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ। 

बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा निधन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.