|

काठमाडौं : गोरखापत्र संस्थानले सरकारलाई ६ करोड ४० लाख ऋण नतिरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयको ५९ औँ प्रतिवेदनमा सम्झौता बमोजिम ऋणको साँवा ६ करोड २० लाख तथा सोको ब्याज २० लाख तिर्नुपर्ने दायित्व रहेपनि अझै तिरेको छैन्।

सम्झौताअनुसार सरकारलाई उक्त ऋण तिर्नुपर्ने औँल्याइएको छ। त्यस्तै, संस्थानले लेखांकन गरेको र आन्तरिक राजश्व कार्यालयमा पेश गरेको विवरणबीच ४ करोड १० लाख १४ हजार फरक परेको पाइएको महालेखाले जनाएकाे छ।

‘संस्थाले चालु सम्पत्तिमा लेखांकन गरेको अग्रिम करकट्टी ६ करोड ७० लाख ६६ हजार रहेको छ, आन्तरिक राजश्व कार्यालयमा आय विवरण पेश गर्दा दाबी गरेको विवरणअनुसार उक्त रकम २ करोड ६० लाख ५२ हजार रहेको छ, पेश गरेको विवरणबीच ४ करोड १० लाख १४ हजार फरक छ,’ प्रतिवेदनमा उल्लेख छ।

महालेखाले संस्थानलाई उक्त हिसाब मिलान गर्नू, भनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.