|

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय दिपायलले उत्कृष्ट कार्य गर्ने सात जना कर्मचारीलाई प्रमाण-पत्र सहित नगद पुरस्कारबाट बिहीवार पुरस्कृत गरेको छ।

प्रदेश स्तरमा उत्कृष्ट कार्य गर्ने अधिकृत डम्बर सिंह भाट, नरेन्द्र पनेरु, केशवराज पाण्डे र मिन प्रसाद जैशीलाई नगद रु ३० हजार र प्रमाण-पत्रसहित पुरस्कृत गरेको छ।

यसैगरी सहायक स्तरमा उत्कृष्ट कार्य गर्ने कर्मचारी जनक बहादुर सिंह, सवारी चालक राजकुमार चौधरी र कार्यालय सहयोगी दिवाकर पाण्डेयलाई प्रमाण-पत्रसहित नगद रकमले पुरस्कृत गरेको छ।

पुरस्कृत हुने कर्मचारीलाई मन्त्रालयका सचिव डा. मदन सिंह धामी र निर्देशनालयका निर्देशक यज्ञराज जोशीले नगद रकमसहित प्रमाण पत्र प्रदान गरेका छन्।

प्रदेश गठन भएपश्चात पहिलो पटक प्रदेशस्तरमा उत्कृष्ट कार्य गर्ने निर्देशनालय मातहतका कार्यालयका कर्मचारीलाई पहिलो पटक पुरस्कृत गरिएको हाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.