|

काठमाडौं :  फ्रान्स महिला युरो च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

समूह डी अन्तर्गत बेल्जियमलाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो जितसहित फ्रान्स अन्तिम आठमा पुगेको हो।  खेलको छैठौँ मिनेटमा काडिदिआटोउ डिएनीले फ्रान्सलाई शुरूवाती अग्रता दिलाएकी थिइन्।

तर ३६औं मिनेटमा बेल्जियमकी जानिस कायम्यानले गोल गर्दै खेल बराबरी गरिन्। लगत्तै ४१औं मिनेटमा ग्रीड एमबोक बाथेले गोल गरेपछि फ्रान्स २–१ ले विजयी भयो।

२ खेलबाट ६ अंक जोड्दै फ्रान्स एक खेल अगावै समूह विजेताको रुपमा क्वार्टरफाइनलमा पुगेको छ। पहिलो खेलमा फ्रान्सले इटालीलाई ५–१ ले हराएको थियो।

यही समूहको अर्को आइसल्याण्ड र इटालीले १–१ गोलको बराबरी खेले। आइसल्याण्ड दुई खेलबाट दुई अंकका साथ दोस्रो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.