|

काठमाडौं : काठमाडौं, चितवन, तनहुँ, बारा र नुवाकोटका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित सडकमा बा ५ ख २८७२ नम्बरको बस र बा ७० प ६१२८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक नागर्जुन नगरपालिका–१ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन, भरतपुर महानगरपालिका-१० स्याउली बजारस्थित सडकमा बा १३ च २३७१ नम्बरको कारले प्रदेश ३-०१-२२ च ७५५४ नम्बरको भ्यानलाई शनिबार दिउँसो ठक्कर दिँदा भ्यान चालक नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-७ बस्ने २४ वर्षीय अमृत कुमार कुशवाहाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा ना ६३ प ११०९ नम्बरको स्कुटरमा समेत क्षति पुगेको छ। तीन वटै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 यसैगरी चितवन, भरतपुर महानगरपालिका- १५ रामपुरस्थित सडकमा ग।२ च ९०६२ नम्बरको कारले ना ३३ प १४५५ नम्बरको मोटरसाइकललाई शनिबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तनहुँ, ब्यास नगरपालिका-११ फरकचौरस्थित सडकमा ग १ क ३६८३ नम्बरको बस र ग १५ प ६५०४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-११ बस्ने २३ वर्षीय बिक्रम सुनारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको   हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बारा, महागढीमाई नगरपालिका-५ दहियारस्थित सडकमा प्र-२-०३-०२० प ४१७२ नम्बर मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही सेखौना बस्ने २८ वर्षीय अरबिन्द कुमार कुशवाहाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राजलक्ष्मी अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

नुवाकोट, लिखु गाउँपालिका-६ छहरेस्थित सडकमा ना।६२ प ९५२१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय करण केसीको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय अनिस श्रेष्ठलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं पठाईएको छ।
यसैगरी नुवाकोट, ककनी गाउँपालिका(१ महालक्ष्मीथानस्थित सडकमा बा ४ ख ३७२८ नम्बरको आइचर टिपर सडकबाट करिब २० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा टिपरमा सवार ककनी गाउँपालिका-१ बस्ने ३२ वर्षीया बसन्ती बलामीको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार ५ जनालाई उपचारको लागि काठमाडौं पठाइएको छ। 

करेन्ट लागेर मृत्यु 

तनहुँ, भिमाद नगरपालिका-५ बस्ने हरिनास गाउँपालिका- १ केक्मी घर भएका २२ वर्षीय गोबिन्द मगरको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ। ग्रामिण विद्युतीकरण आयोजना व्यवस्थापन निर्देशनालयको बिजुलीको नयाँ पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको वीपी कोइराला स्वास प्रस्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो।

पर्सा जगनाथपुर गाउँपालिका-४ बस्ने २८ वर्षीय नन्दु राम हजाराको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । गढी गाउँपालिका(३ बस्ने राम प्रसाद संजेलको घरको छत ढलान गर्ने क्रममा भाईब्रेसन मेसिन चलाउँदा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको सन्चो अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो।

नहरमा डुबेर मृत्यु 

चितवन, भरतपुर महानगरपालिका- १० स्थित सिंचाई नहरमा डुबेर सोही महानगरपालिका-१० रमाईलो चोक बस्ने गोरखा सुलीकोट गाउँपालिका-४ घर भएका फुल बहादुर गुरूङको १० वर्षीय छोरा उजिया गुरूङको शनिबार दिउँसो मृत्यु भएको छ।

उक्त नहरमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

चट्याङ लागेर मृत्यु 

सिन्धुपाल्चोक, लिसंखु पाखर गाउँपालिका-५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो।

मृत अवस्थामा फेला 

ईलाम, देउमाई नगरपालिका(९ बस्ने ५६ वर्षीय तिल बहादुर लिम्बु सोही ठाउँस्थित बारीको छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन्। 

लमजुङ, बेशीशहर नगरपालिका-१ उदिपुर पुनर्वास बस्ने ६० वर्षीया भगवती घर्ती आफ्नै घरको कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.