|

काठमाडौं : प्रदेश १ को नामकरणबारे छलफल गर्न सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका छन्।

नामकरणका लागि दलहरू आ-आफ्नै अडानमा रहँदा सहमतिका लागि सभामुख भण्डारीले सर्वदलीय बैठक बोलाएका हुन्। उनले साउन ६ गतेका लागि बैठक डाकेको प्रदेशसभाका प्रवक्ता एवम् उपसचिव चन्द्रमणि भण्डारीले थाहाखबरलाई जानकारी दिए।

बैठक बिहान ११ बजेको लागि बोलाइएको छ। मुलुकका ७ मध्ये अन्य प्रदेशले नाम र राजधानीको टुङ्गो लगाइसकेका छन्। प्रदेश १ मा भने दलहरूबीच प्रदेश राजधानी र नामकरणको विषयमा सहमति जुट्न सकेको छैन।

प्रदेशसभाको दशौं तथा बजेट अधिवेशनको २० औं बैठक साउन ८ गते दिउँसो १ बजेका लागि डाकिएको छ। यसअघि असार १९ गते अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.