|

विराटनगर : ७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ का प्रदेश सभा सदस्य र प्रदेश सरकारलाई नाम टुंगो लगाउन सकस भएको परेको छ।

प्रदेशसभामा सहभागी दलहरुबीच नाम सम्बन्धी एकमत  नहुँदा प्रदेशको नाम जुराउने सकस भएको हो। प्रदेशसभाको कार्यकाल  सकिन अब ४ महिना मात्रै बाँकी छ। तर, दलहरू प्रदेशको नाम के राख्ने भन्ने  टुंगोमा पुग्न नसकिरहेको बेला प्रदेशको  नाम ‘किरात प्रदेश  ’ राख्न माग गर्दै  किरात राई यायोक्खाले आज (सोमबार) कार्यालय अगाडि घेराउ गरेका छन्।

प्रदेशवासीको भावनाअनुरुप प्रदेश १ को नाम पहिचानको आधार अर्थात किरात प्रदेश हुनुपर्नेमा जोड दिँदै नाराबाजीसमेत गरेका थिए।

इटहरीबाट मोटरसाइकल र्‍याली हुँदै सुरु भएको  घेराउ कार्यक्रमपछि मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई ज्ञापन पत्र बुझाएका थिए।

मुख्यमन्त्री कार्यालय घेराउ कार्यक्रममा १४ जिल्लाकै प्रतिनिधि  भेला भएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.