|

चाैतारा : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ।

अस्पतालका कार्यालय प्रमुख डा. धर्मेन्द्र पाण्डेयमाथि आज दिउँसो सोही कार्यालयका पूर्व एम्बुलेन्स चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए।

हातपात गर्ने पूर्व कर्मचारीलाई छानबिन गरी कारबाही नगरुञ्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।

कुटपिट गर्ने व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक कुमार चौलागाईंले जानकारी दिए। गाउँपालिकाले करार सेवामा रहेका हातपात गर्ने कर्मचारीलाई साउन १ गतेदेखि लागू हुने गरी सेवाबाट हटाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.