|

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरका सामुदायिक विद्यालयका शिक्षकलाई कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नपाउने निर्णय गरेको छ।

नगरको असार २० गते भएको नवाैँ नगरसभामा सो निर्णय पारित गरेको हो। नगरपालिकाले सोमबार सबै विद्यालयलाई परिपत्र समेत गरेको छ।

शिक्षकहरु पढाइमा भन्दा पनि राजनीतिमा बढी सकृय भएका कारण तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि यस्तो निर्णय गरिएको नगर प्रमुख ध्रुवराज रायले जानकारी दिए।

नगरपालिकाले राजनीति वा शिक्षण पेशामध्ये एक मात्र रोज्न समेत आग्रह गरेको छ।

नगरले गरेको यो निर्णय नमानेको खण्डमा त्यस्ता शिक्षकलाई प्रक्रिया पूरा गरी बर्खास्त गरिने समेत रायले जानकारी दिए। धनकुटामा यस्तो निर्णय गर्ने महालक्ष्मी नगरपालिका एक्लो पालिका हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.