|

काठमाडौं : नेकपा (एमाले)का सांसद भीम रावलले प्रतिनिधिसभाको बैठकमा एक्लै २० मिनेट रोष्ट्रम ‘कब्जा’ गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एसपिपी अस्वीकार गरेको पत्र सरकारले अमेरिकालाई नपठाएको भन्दै उनले रोष्ट्रम ‘कब्जा’ गरेका हुन्। 

सभामुख अग्निप्रसाद सापकोटाले बोल्नको लागि तीन मिनेटको दरले समय निर्धारण गरेको भएपनि सभामुखले सरकारलाई एसपिपी अस्वीकार गर्न रुलिङ गर्न माग गर्दै उनी बसिरहे। 

‘अमेरिकालाई पत्र पठाउन सरकारलाई गाह्रो पर्‍यो, प्रतिनिधि सभाको बैठकले सहयोग गर्नुपर्‍यो’ उनले भने। मन्त्रीहरुले संसदमा जवाफ दिइसकेको भएपनि पत्र नपठाएको भन्दै आक्रोश व्यक्त गरे। 

बोल्नका लागि ३ मिनेट दिएको ठाउँमा २० मिनेटसम्म रावलले रोष्ट्रममा नछोडेपछि सभामुखले विषयान्तर भइसकेको बिषयमा रुलिङ गर्न नमिल्ने भन्दै १५ मिनेटका लागि बैठक नै स्थगित गरिदिए। 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.