|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको केही बेरमै पुबुदु दासानायकेलाई क्यानडाको क्रिकेट संघ क्रिकेट क्यानडाले त्यहाँको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ।

पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेको केही बेरपछि नै उनलाई क्यानडाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्रिकेट क्यानडाले जनाएको हो।

क्रिकेट क्यानडाले उसको सामाजिक सञ्जाल ट्विटरमा पुबुदुलाई राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको उल्लेख गरेको छ।

उनले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाली टोलीको मुख्य प्रशिक्षक रहन गएको मंसिरमा दुईवर्षे सम्झौता गरेका थिए। काठमाडौंमा आज गरेको पत्रकार सम्मेलनमा पुबुदुले व्यक्तिगत कारणले अब एक वर्ष क्यानडामा नै बस्ने बताएका थिए।

यसअघि पनि उनी क्यानडाको प्रमुख प्रशिक्षक पद सम्हालिसकेका छन्। उनले क्यानडाबाट खेलाडीका रुपमा समेत क्रिकेट खेलेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.