|

​हेटौँडा : परीक्षा दिन पुगेका दुई छात्रामाथि दुर्व्यवहार भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि हेटौँडा क्याम्पसले दुईजना कार्यालय सहयोगीलाई निलम्बन गरेको छ।

हेटौँडा क्याम्पसमा बसेको सर्वपक्षीय बैठकले ४ बुँदे सहमति गर्दै दुई कर्मचारीलाई निलम्बन गर्ने सहमति गरेको हो। स्नातक तह दोश्रो वर्षको परीक्षा दिन पुगेका दुई जना छात्रामाथि ‘चिट’ लुकाएको भन्दै क्याम्पसका कर्मचारीले भित्री वस्त्र समेत खोल्न लगाएको भन्दै बुधबार बिहान विद्यार्थीहरुले क्याम्पसमा तोडफोड गरेको थिए।

पीडित विद्यार्थीले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेकोभन्दा समेत कर्मचारीले ‘प्याडमा समेत चिट हुन्छ' भन्दै खोल्न लगाएर अभद्र व्यवहार गरेको आरोप लगाएका छन्।

सर्वपक्षीय बैठकले ४ बुँदे सहमतिमा अब हुने परीक्षालाई भयरहित बनाउने, क्याम्पसको पठनपाठन शान्तिपूर्वक सञ्चालन गर्ने तथा परीक्षा दिन आएका विद्यार्थीहरुलाई विभिन्न समयमा अभद्र व्यवहार भएको भन्ने गुनासोको सवालमा ३ दिन भित्र प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाहीको सिफारिश गर्न छानबिन समिति निर्माण गर्ने सहमति भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.