|

काठमाडौं : काभ्रेमा नदीले बगाउँदा तीनजना बेपत्ता भएका छन्।

तेमाल गाउँपालिका–३  चौथलीका ११ वर्षीय समीर माझी, ८ वर्षीय कान्छो माझी र रोशी गाउँपालिका ३ का ४५ वर्षीय ज्ञानबहादुर लामा बेपत्ता भएका हुन्।

सुनकोशी नदीमा पौडी खेल्ने क्रममा हिजो बेपत्ता भएका समीर र कान्छो माझीलाई राति अबेर सम्म खोज्दा पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए।

रोशी ३ का लामालाई हिजो भैँसी चराउन गएको बेला रोशी खोलाले बगाएको थियो। उनलाई पनि हिजो फेला पार्न नसकेको डीएसपी खतिवडाले बताए। प्रहरी टोली तीनै जनाको खोजी कार्यमा बिहीबार बिहानैदेखि जुटेको उनको भनाइ छ।

निरन्तर पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.