|
फाइल तस्वीर

काठमाडौं : नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले बुधबार नेकपा एमालेका सांसद डा भीमबहादुर रावलले रोष्ट्रम कब्जा गरेकोमा कटाक्ष गरेकी छन्। 

आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले हिजो सांसद रावलले संसदको रोष्ट्रम नै कब्जा गरेको भन्दै आलोचना गरेकी हुन्।

उनले रावलप्रति कटाक्ष गरिन्‚ ‘प्रतिनिधिसभा नियमावली नियम २३ मा सांसदहरूले सभामुखको आदेश मान्नुपर्ने उल्लेख छ, माननीयज्यूले आफैँले बनाएको नियमावली पढाउन स्कुल पठाउने हो भने पिएचडी पास गरेको प्रमाणपत्रको अपमान हुने भयो नभनौँ भने सभामुखज्यूको आसन नै कब्जा हुने हो कि भन्ने बडो चिन्ता भएको छ।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.