|

काठमाडौं : इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै हवाइ आक्रमण गरेको छ। 

आक्रमणमा तीन सैनिकको मृत्यु भएको सिरियाको रक्षा मन्त्रालयले दावी गरेको छ। यस घटनामा अरु सात जना घाइते भएका छन्। ​

सिरियाली वायु रक्षाले गोलान हाइट्सबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूलाई रोकेको विज्ञप्तिमा उल्लेख छ। राजधानी दमास्कसमा यी विस्फोटको आवाज सुनिएको थियो। इजरायलले विगत एक दशकयता सिरियाली सेना, इरानी समर्थक मिलिशिया र हिजबुल्लाह लडाकुहरूलाई निशाना बनाएर सयौं आक्रमण गर्दै आएको छ। 

गत महिना, इजरायली आक्रमणको आशंकापछि दमास्कस एयरपोर्ट हप्ताहरूका लागि बन्द गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.