|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा नतिजामा चरम ढिलाइ गरेको छ। परीक्षा दिएको एक वर्ष पुग्दा पनि हालसम्म परीक्षा नतिजा प्रकाशित नभएपछि परीक्षार्थी खिन्न भएका छन्।

तत्काल नतिजा प्रकाशन गर्नुपर्ने उनीहरुको माग छ। त्रिविका अनुसार मानविकी, शिक्षा, व्यवस्थापन लगायत संकायको प्रथम वर्षको परीक्षा गत साउन महिनामा भएको थियो तर एक वर्ष हुँदा पनि त्रिविले नतिजा प्रकाशित गरेको छैन। यी संकायअन्तर्गत सञ्चालन भएको प्रथम वर्षको कुनै परीक्षाको नतिजा प्रकाशित नभएकाे त्रिविले जनाएकाे छ।  

कहिले नतिजा प्रकाशन हुन्छ भन्ने प्रश्नमा त्रिविका सहनियन्त्रक महेशराज ओझाले भने, ‘उत्तर पुस्तिका परीक्षणकाे काम भइरहेको छ, सबै काम सकिएपछि बीए लगायत संकायको परीक्षा नतिजा प्रकाशित हुन्छ।’

उनले कुन महिनासम्ममा नतिजा प्रकाशित गर्ने भन्नेबारेमा यकिन गर्न सकेनन्। उनले कर्मचारी अभावका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको तर्क गरे। ‘समयमै परीक्षा नतिजा प्रकाशित गर्ने भनिएको हो तर कर्मचारी अभावले भनेजस्तो काम हुन सकेन,अ ब सबै परीक्षा नतिजा छिट्टै प्रकाशित गर्दै जान्छौँ’,उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.