|

काठमाडौं : २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो । भूकम्पले ठूलो जनधनको क्षति गर्‍यो। ऐतिहासिक, पुरातात्विक सम्पदाहरु ध्वस्त भए। 
भूकम्पले भत्काएका कतिपय सांस्कृतिक सम्पदाको पुनर्निर्माण भयो भने अझै कतिपय सम्पदा जीर्ण छन्।

सांस्कृतिक सम्पदाको हविगत पनि त्यो भन्दा फरक छैन। भूकम्प गएको सात वर्ष पूरा भइसक्दा केही स्थानमा राम्रैसँग सांस्कृतिक सम्पदा ठडिएका छन् भने कतिपय स्थानमा अझै पुनर्निर्माणअघि बढ्न सकेको छैन। कतिपय भवन अभावमा कार्यालयहरु यसै जोखिमपूर्ण भवनमै सञ्चालनमा  छन्।

२००७ सालअघि राणापरिवारको अधीनमा रहेका यी भवन पछिल्ला समय सरकारी कामकाजका अड्डाका रुपमा प्रयोगमा थिए । केही भवन पुनर्निर्माण र ‘रेक्ट्रोफिटिङ’ गरिए पनि धेरै भवन साह्रै दयनीय अवस्थामा छोडिएको छ।

हेर्नुहोस्, काठमाडौ र ललितपुरस्थित राणाकालीन केही संरचनाको हविगत

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.