|

काठमाडौं : व्यावसायिक रुपमा सर्वाधिक सफल फ्रेन्चाइज छक्का पञ्जाको चौथो फिल्म बन्ने भएको छ। सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा 'छक्का पञ्जा ४' को घोषणा भएको हो।

घोषणासँगै फिल्मको छायांकन पनि सोमबारदेखि नै सुरु भएको छ। छक्का पञ्जा फ्रेन्चाइजको यसअघिका फिल्म दीपाश्री निरौलाले निर्देशन गर्दै आएकोमा चौथो फिल्म भने हेमराज विसीले गर्ने भएका हुन्।

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मालगायतका कलाकारको मुख्य भूमिका रहनेछ।

दीपक दीपा समूहको फिल्ममा सुरुदेखि नै रहेका जितु नेपाल 'छक्का पञ्जा ४' मा भने अटाएका छैनन्। सुरुका दुई फिल्म '६ एकान ६' र 'वडा नं. ६' मा सहकार्य गरेका सीताराम कट्टेल 'छक्का पञ्जा'बाट र तीन फिल्ममा सहकार्य गरेका शिवहरी पौडेल 'छक्का पञ्जा २' बाट दीपक दीपाको फिल्ममा देखिएका छैनन्।

'कबड्डी ४' को प्रदर्शनअघि सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान 'छक्का पञ्जा ३'को नाममा थियो। त्यस्तै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको सूचीमा 'छक्का पञ्जा ३' पछि क्रमशः 'छक्का पञ्जा' र 'छक्का पञ्जा २' रहेका छन्।

'छक्का पञ्जा ४' ले ब्राण्ड नामको व्यावसायिक सफलतालाई निरन्तरता दिन्छ या दिँदैन भने हेर्न बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.