|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजू राणा देउवाको शल्यक्रिया सफल भएको छ। भारतको नयाँदिल्लीस्थित ओन्कोसर्जरी म्याक्स अस्पतालमा उनको गाइनोसम्बन्धी सफल उपचार भएको हो। 

उनले आफ्नो शल्यक्रिया सफल भएपछि फेसबुकमा लेखेकी छन्, ‘मेरो सफल शल्यक्रिया र मेरो उपचारको लागि ओन्कोसर्जरी म्याक्स अस्पतालका अध्यक्ष प्रा. डा हरित चतुर्वेदी र डा. कंकिता बत्रा मोदीलाई धन्यवाद।’

उनी उपचारको लागि भारतमै रहेको बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी थिइन्। भेटवार्तामा प्रचण्ड र आरजु आगामी निर्वाचनपछि आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भन्दै चर्चा भएको थियो।  तर त्यसकाे प्रचण्डले स्वदेश फर्केर खण्डन गरिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.